नेपाल मानव धर्म सेवा समिति कोशीक्षेत्रले गर्‍र्यो शिवरात्रीमा बृहत सत्सङ भजनकिर्तन

खगेन्द्र कार्की

फामिने संवाददाता

इटहरी । शिवरात्रीको पावन अवसरमा नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीले एक बृहत सत्सङ कार्यक्रमको आयोजना गरेको छ । प्रदेश १ का माननीय सभासद् रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको सभापति माहात्मा श्री नन्दनी बाईले गरेकी थिइन् । सो कार्यक्रममा आध्यात्मिक प्रवचन, भजन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।विपन्न विद्यार्थीको सहयोगका लागि शिक्षा अभियानको चन्दा बाकसको समेत उद्घाटन गरिएको थियो । कार्यक्रम कार्यसमिति सचिव लिला बुढाथोकीले सञ्चालन गरेका थिए ।

स्वागत मन्तव्य समिति कोशी क्षेत्र कार्यसमिति अध्यक्ष अम्बर बहादुर कार्कीले गरेको सो कार्यक्रममा सल्लाहकार पदम काफ्ले, नृत्य आकांक्षा गौतम, युवा सत्संग गायत्री कार्की, स्वयंसेवक दल रुजेश सुवेदी, सन्त महात्मा म. श्री लक्ष्मी, म. श्री निगमा बाई, विराट टेलिभिजनका प्रमुख विकल सुवेदीलगायत ठुलो संख्यामा भक्तजन तथा अनुयायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्तहरुले शिवभक्तिको मार्गको सन्दर्भमा बोलेका थिए । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया