नेपाल भित्रिएको अवैध खाद्यान्न प्रहरीद्धारा बरामद

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । मोरङ प्रहरीले एक पिकअप भ्यानसहित ६ लाख रुपैयाँभन्दा बढीको अवैध रुपमा नेपाल भित्रिएको खाद्यान्न बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रतुवामाई नगरपालिकामा प्र १–०४–००१ च १०८३ नम्बरको पिकअप भ्यानमा १ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको चामल प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार भारततर्फबाट भन्सार राजश्व नतिरी भित्र्याइएको एक सय बोरा चामल र ५ लाख रुपैयाँ बराबरको सवारीसाधन बरामद भएको हो। प्रहरीले दुवै सामाग्री करिब ६ लाख १७ हजार रुपैयाँ बराबर रहेको जनाएको छ।

मोरङ प्रहरीले यस क्रममा सवारी चालक रंगेली नगरपालिकाका २८ वर्षीय दिनेश साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद सामाग्री र चालक साहलाई विराटनगर रानीस्थित भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाएको जनाएको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया