सुनसरी । दमक स्थित बेलडाँगी राेडमा नमुना युनिसेक सैलुल एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएकाे छ । लिड नेपाल झापाको आयाेजना तथा दमक उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालन भएकाे सैलुनमा विभिन्न डिजाइनमा कपाल काट्नुका साथै फेसियल, मेकप तालिमकाे सुबिधा पनि रहेकाे छ ।
याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको व्यक्तिहरुलाई लाल्छना, भेदभाव रहित उनिहरुकाे विकासकाे लागि याे नयाँ कामकाे सुरुवात गरिएको लिड नेपाल झापाको प्रमुख नुमा लिम्बूले जानकारी दिएकी छन् ।
कार्यक्रममा निलहिरा समाज काठमाडौं याैनिक तथा अल्पसंख्यक महासंघ काठमाडौका अध्यक्ष पिङ्की गुरुङ, दमक उपमहानगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, सामाजिक बिकास साखा प्रमुख केशब प्रसाईं, परिवर्तनशील समाज माेरङ बिराटनगरका प्रमुख मुस्कान श्रेष्ठ, मानव कल्याण समाज इटहरीका प्रमुख देव नारायण चाैधरी साथै पत्रकार समाजसेवीहरुकाे सहभागीता रहेकाे थियाे ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो