फामिने संवाददाता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन नगरेर सरकारले झुलाइरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’
खगेन्द्र कार्की
१८ माघ २०७९, बुधबार ०४:०० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो