सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको विवाद वार्ताबाट ठुंगिएको छ । बराहक्षेत्र नगरको स्तरोन्नति, विकास र सौन्दर्यकरणका क्रममा भईरहेका कामको मापदण्डमा एकरुपता खोज्दै ५ दिन देखि अनसन बसेका स्थानीयबासीलाई समझदारीपछि जुस खुवाएर अनसन तोडाएपछि विवाद सुल्झिएको हो ।
संघर्ष समितिको अध्यक्ष माधव बराल, नरेन्द्र थापा, गजेन्द्र थापालगायत अनसनकारी र राजनीतिक दलका प्रतिनिधिहरुसहित नगरप्रमुख रमेश कार्की, उपाध्यक्ष नन्दकुमारी सुनुवार, वडा न. ६ का वडाअध्यक्ष उद्धव पोखरेललगायत वडाअध्यक्षहरु, जनप्रतिनिधिको बीचमा वार्ता भएको थियो ।
वार्ताबाट सबैतिर ७२ फुट कायम गर्ने समझदारी भएको छ । समझदारीपछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जुस खुवाएर अनसन तोडाएका छन् ।
बराहक्षेत्र नगरपालिका वडा नं. ६ चक्रघट्टी स्थित महेन्द्र गेटदेखि बसपार्कसम्मको ड्रेन निर्माण गर्ने कार्यको विषयमा चित्त नबुझेर स्थानीयबासीहरु अनसनमा थिए । फरक फरक मापदण्डका आधारमा काखा र पाखा गरेर काम भएका भन्दै विरोधसहित अनसन बसेका थिए ।
सबै स्थानमा सडक बनाउँदा एकै मापदण्ड कायम हुनुपर्ने अनसनरत पक्षका माग थियो । नगरपालिकाको निर्णयले स्थानीयहरू मार्कामा परेको भन्दै विगत ५ दिन देखि अनसन जारी छ । आफूहरूको माग पुरा नभए सशक्त आन्दोलन चर्काउने स्थानीयहरूले चेतावनी समेत दिएका थिए । सडक मापदण्ड सबै ठाउँ एकै नाशको हुनुपर्ने , सबैतिर एउटै मापदण्ड लागु गरिनुपर्ने , सडक बनाउँदा नालाको मापदण्ड सार्वजनिक गरिनुपर्ने र अन्यायपूर्वक बनाइएको नियम तत्काल फिर्ता हुनुपर्ने माग उनीहरुको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो