मेष – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । तर, पुरानो रोगले सताउन सक्छ । आत्मीयजनसँग भेटघाट होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – जोखिम वृद्धि हुनेछ तर कार्यमा सफलता प्राप्त होला । आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्ने योग भएकोले मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने समय छ । सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछ । प्रेमभावका साथै आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ ।
कर्कट – आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने बढ्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – ब्यस्तता बढ्नेछ । आजको दिन सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग रहेकोले उदार व्यवहार गरी अर्काको मन जित्ने प्रयत्न गर्नु हितकर होला । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – पराक्रम र सुख बढ्नेछ । बोली र व्यवहारको प्रभावले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएको काम बन्नसक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
वृश्चिक – सकारात्मक कार्यमा मन जाने समय छ । उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि होला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – आजको दिन त्यति अनुकुल नहुनाले सावधानी अपनाएर व्यवहार गर्नुहोला । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । तथापि, सामाजिक क्षेत्रमा भने नेतृत्व हातलागी हुने योग छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।
मकर – हिम्मत पलाउने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – मनोरञ्जनपूर्ण समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । काममा सोचेजस्तै सफलता मिल्नेछ । आयबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।
मीन – कर्मबल बढ्ने समय छ । आज टाढाको यात्रा हुने सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । तथापि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो