एकै दिन प्रधानमन्त्री राहतकोषमा झण्डै ५० करोड सहयोगमा निजी क्षेत्रको योगदान

खगेन्द्र कार्की

इटहरी । बुधबारको विनाशकारी भोटेकोसी बाढीपछि उद्धार तथा राहत अभियानमा सरकारलाई बिहीबार साँझसम्म निजी क्षेत्रले ४६ करोड ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ। विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्था र व्यावसायिक घरानाहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने घोषणा गरिरहेका छन्।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा मात्रै विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्था र व्यावसायिक संस्थाहरूले कोषमा २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी सहयोग जम्मा गराएका छन्। यो समाचार तयार पार्दासम्म सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले गरेको छ। गोर्खा ब्रुअरीले कोषमा १० करोड रुपैयाँ उपलब्ध गराएको छ। बीवाईडी(साइमेक्स इंक, इप्पानसहितका संस्थाले पनि करोडौँ रुपैयाँ सहयोग गरेका छन्।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका छन्।

यस्तै, नेपालमा चिनियाँ अटो ब्रान्ड बीवाईडीले नेपालको आफ्नो आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त रकम सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गराएको छ।

कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ३र३ करोड रुपैयाँ कोषमा जम्मा गराएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० ले राहत कोषमा २ करोड ५० लाख रुपैयाँ र एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, भोटेकोसी बाढी प्रभावितलाई सानिमा बैंकले सवा दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री राहत कोषमा दुई करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए।

यस्तै, रेडबुल उत्पादक सारस बेभरेजले २ करोड रुपैयाँ सरकारलाई सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ जम्मा गरेको छ। ग्रुपका प्रमुख शेखर गोल्छाले कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिएका हुन्।

बाढी प्रभावितलाई कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

त्यसैगरी, एनसेलले एक करोड रुपैयाँ कोषमा जम्मा गरेको छ। आईएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। सरकारको कोषमा अपि पावर कम्पनीले पनि ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको जनाइएको छ।

शिवशक्ति ग्रुपले ५१ लाख रुपैयाँ, हिमालयन बुलियन कम्पनी लिमिटेडले २१ लाख रुपैयाँ सहयोग गरेका छन्। यस्तै, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज, मेगा मोटर्स प्रालि, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल  र नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १०र१० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीअन्तर्गत अर्थमन्त्री वाग्लेले बुझ्न थालेका छन्।

बिहीबार मात्रै सरकारले बाढी पीडितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि छुट्टै भुक्तानी पोर्टलसमेत सार्वजनिक गरिसकेको छ।

बुधबार साँझ साढे ७ बजे प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले देश विदेशमा रहेका सबैलाई बाढी पीडितको सहयोगका लागि सार्वजनिक अपिल गरेका थिए।

ुम सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ(आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु,ु बालेनले फेसबुकमा लेखेका थिए।

खगेन्द्र कार्की
प्रतिक्रिया