नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जोडिएको भन्दै पूर्व गृहमन्त्री तथा कांग्रेस नेता खाँडको आपत्ति

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा आफ्नो संलग्नता भएको भन्नेजस्ता समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या भएको पनि उनले बताएका छन् । ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ,’ खाँडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ । सो प्रकरणमा आफ्नो नाम जोडिएपछि खाणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया