दुर्व्यवहार गरेको आरोपमा इटहरीका बाल रोग विशेषज्ञ डाक्टर मेहता पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरीका बाल रोग विशेषज्ञ एक डाक्टरले चेकजाँचका क्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  दुर्व्यवहारको आरोप लगाएर पीडित महिलाले जाहेर दिए पछि डाक्टर रामसागर मेहता पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  इटहरी स्थित एक एक क्लिनिकमा उपचार गराउन आएकी महिलामाथि डा. मेहताले दुर्व्यवहार गरेको जाहेरीका आधारमा डा. मेहतालाई पक्राउ गरिएको प्रहरी अधिकारीको भनाई छ ।

ईसीजी गराउने क्रममा मिस बिहेब भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी अधिकृतका अनुसार उपचारको क्रममा दुर्व्यवहार भएको जाहेरीका आधारमा हामीले डाक्टरलाई आइतबार साँझ पक्राउ गरेका हौँ ।’ महिलामाथि दुर्व्यवहार गरिएको भएपनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया