फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
इलाम । कारागारभित्र राखिएका कैदीबन्दीहरुलाई राष्ट्र निर्माणको महाअभियानमा लगाउनुपर्नेमा सरकारले ज्वाई पाले झै पालिरहेको छ । अन्य देशहरुमा कडा निगरानीमा उनीहरुलाई देश निर्माणमा लगाईन्छ, उनीहरुलाई दैनिक सरकारले गरेको खर्च निकाल्न लाग कुनै कुनै काममा लगाउनुपर्ने हो तर त्यस्तो देखिएको छैन, तर नेपालमा भने भित्र भित्रै अवैध धन्दाको क्रिडास्थल बनाउन उद्देलित गरिन्छ । यस्तै एउटा घटना इलामको कारागारबाट बाहिरिएको छ । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन पनि सुरु गरेको छ ।
समिति नै गठन गरेर छानबिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।
सो समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।
कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।
जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्नुभयो । उहाँले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताउनुभयो । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् । कारागारभित्र राखेर सरकारी मानो ख्वाएर करोडौं रकम खर्चिनु भन्दा राष्ट्र निर्माणमा लगाउनु उपर्युक्त देखिन्छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो