इटहरी । बुढी खालामा माछा मार्ने क्रममा बाढीले बगाएका ५ जनामध्ये एकजनाको निधन भएको छ । मङ्गलवार आएको बाढीले मोरङस्थित सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ ५ फोक्सीका ५ जनालाई बगाउँदा २३ वर्षीया प्रेम कला चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोरङ र सुनसरीको सिमा भएर बग्ने उक्त खोलाले बगाएका मध्ये एकजना रुखको टुटामा अल्झिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी उद्दार गरेको प्रहरी इप्रका इटहरीले जनाएको छ । सो बाढीमा परेका एकै परिवारका सुन्दरहरैंचा –५ निवासी ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
१२ असार २०८१, मङ्गलबार ०३:०६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो