पाठकको पुर्पुरो : वि.सं. २०८१ साउन १५ गते (तद्अनुसार सन् २०२४ जुलाई ३० तारिख) मंगलबार – ॐ गनगणपताय नमः सबैका लागि दिन शुभ रहोस् ।

फामिने ज्योतिष

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छतर श्रम भने केही ज्यादा नै गर्नुपर्ने देखिन्छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्ला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सचेत रहनुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनियतामा ध्यान दिनु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकूद, भ्रमण तथा आमोदप्रमोदका क्रियाकलापमा आकर्षण रहला ।

वृष – शुभता बढ्नेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । तर, कुनैपनि कार्यमा बलजफ्ती गर्दा हानि हुन सक्छ, ख्याल गर्नुहोला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुने योग छ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्नसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् भने उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला । कतै अतिथिको रूपमा सम्मान पाइने योग छ । स्वास्थ्य सबल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ ।

कर्कट – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । आय वृद्धि हुनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रतिष्ठा कमाउने बेला छ । प्रेम र मित्रताको बन्धन कसिएर जाने देखिन्छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपरे पनि जित तपाईंकै हुने योग छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । तर व्यावसायिक काममा खर्च केही वृद्धि होला । आजको दिन स्वास्थ्यमा अलि कमजोरी अनुभूति होला, आहारविहारमा विशेष ध्यान राख्नु उचित हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिने योग रहेकोले आत्मविश्वासको भाव जागृत गराउने प्रयत्न गर्नु उचित हुनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मान महत्व बढ्नेछ ।

तुला – जोखिम र खर्च वृद्धि हुने समय भएपनि हिम्मतले काम बनाउन सकिने र प्रतिस्पर्धीहरूलाई पछिपार्न सकिनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहला । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । कमजोरी लुकाउँदा पछि परिएला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने अवसर जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – कार्यगति बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा कतै सम्मान पनि पाइएला । आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आज स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । आश्वासन दिनेको भर नपर्नु उचित हुनेछ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग भएकोले विशेष सचेतनाको दरकार छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – दिन सामान्य नै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने प्रयत्न गर्नु हितकर रहनेछ । प्रेमभाव बढ्नेछ भने नियमकानूनले साथ दिनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धनलाभ हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुनाले उत्साह वृद्धि होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ जुट्नाले मन प्रशन्न रहला । साझेदारीको काम बन्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया