कार दुर्घटना हुँदा ४ को गयो ज्यान, २ घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

थानकोट–चित्लाङ सडक खण्डको सेतो पहार भन्ने स्थानमा निजी कार दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाइते भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको ज्यान गएको डिएसपी अधिकारीले बताए । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् । घाइते दुवैजनालाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको डीएसपी अधिकारीले बताए । प्रहरीका अनुसार भ्यानमा ६ जना सवार थिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया