पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र ३ गते (तदनुसार सन् २०२३ मार्च १७) शुक्रबार

खगेन्द्र कार्की

मेष – कर्मबल बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता वृद्धि बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ, तर आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । माने प्राप्ति होला ।

मिथुन – प्रयासरत काम बन्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च वृद्धि होला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – शुभता वृद्धि हुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । माइलो यात्रा होला । परिवारजनबाट टाढिनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन त्यति शुभदायी नहोला । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न हतार नगरेकै राम्रो । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – काम बिग्रने भयले सताउन सक्छ भने आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । तर रसरागमा आकर्षण बढ्ने समय छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – व्यस्तता र आनन्द बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा विशेष फाइदा हुनेछ । मानसम्मानमा भने आघात पुग्न सक्छ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा होला । यात्राको व्यवस्थापनमा भने खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नुपर्ला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्ने देखिन्छ, तर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । रसराग प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आयआर्जन राम्रै हुनेछ तर नियमित काममा अवरोध आउन सक्छ । आमाको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । प्रयासरत काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – आजको दिन कमजोर भएको अनुभूति हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया