काखका नाबालक छोराछोरीसहित नहरमा डुब्दा छोराछोरी गुमाएकी आफू उद्दारबाट बचेकी एक फरार महिला १० वर्षपछि पक्राउ

फामिने ज्योतिष

इटहरी । नाबालक छोराछोरीमा नहरमा खसाए बेपत्ता भएकी सुनसरीको बराहक्षेत्र निवासी एक महिलालाई १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

३ वर्षको छोरा सुजन भन्ने टिका भट्टराई र १ वर्षकी छोरी भूमिका भट्टराईलाई साथमा लिएर आमा राधिका भट्टराईले २०७० साल असार १७ गते विहानै कोशी नहरमा हाम फालेकी थिईन् । बराहक्षेत्र २ जब्दी चतरा झुमका निवासी ३३ वर्षीया श्रीमति भट्टराईलाई उद्दार गरि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारार्थ राखिएको थियो भने नाबालक छोराछोरीको निधन भएको थियो । आफुसमेत ज्यान गुमाउन नहरमा हाम फालेकी राधिका अस्पतालको बेडमा पुगेपछि त्यहीबाट भोगेपछि ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अदालतको आदेश पछि प्रहरीको खोजी सुचिमा परेकी थिईन् । तिनी फारार राधिकालाई महेन्द्र नगर इलाका प्रहरी कार्यालय चक्रघट्टीको टोलीले पक्राउ गरेको हो । 

इलाका प्रहरीमा फरार सूचिमा रहेकी राधिका हुलिया बदलेर लुकिछिपी बसेको अवस्थामा १० वर्ष पछि पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरीले जनाएको छ । निज महिला आफ्नै ठाउँमा हुलिया बदलेर बसेको भन्ने सूचनाका आधारमा पुस ५ गते नै पक्राउ गरेपनि सो प्रहरीको सफलता भने एक महिना पछि सार्वजनिक भएको छ । अहिले उक्त महिलामाथि अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले ५ दिनको भ्याद थप गरिदिएको प्रहरीले बताएको छ । 


फामिने ज्योतिष
प्रतिक्रिया