इटहरी । श्री वशिष्ठ आश्रम खरेल प्रवद्र्धन शाखा समिति मोरङ कोशी प्रदेशको प्रथम अधिवेशन सुन्दरहरैंचाको गोठगाउस्थित शिव पाञ्चायन मन्दिर परिसरमा सम्पन्न भएको छ ।
पण्डित गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यतामा आयोजित सो ऐतिहासिक प्रथम अधिवेशन संस्थाका अध्यक्ष लेखनाथ खरेलको सभापतित्वमा सम्पन्न भएको हो । सचिव प्रकाश खरेलले सञ्चालन गरेको सो अधिवेशनबाट खरेल बन्धुहरुलाई एकत्रित गर्दे भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने किशोर÷धनमाया खरेललाई सम्मान गरिएको थियो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलसहित खरेल बन्धुहरुको संगठनका केन्द्रदेखि विभिन्न तह र तप्काका पदाधिकारीहरुको आतिथ्यता तथा उपस्थितिमा आयोजना गरिएको सो अधिवेशन कार्यक्रम संयोजक दुर्गाप्रसाद खरेल रहेका थिए । खरेल बन्धुभित्रैबाट छनौट गरी खरेलको इज्जत र प्रतिष्ठा जोगाउँदै कक्षा १२ मा उच्च अंकका साथ उत्तिर्ण छात्रा विश्व आदर्श सेकेण्डरी स्कुलकी सुमिरा खरेललाई सम्मान गरिएको छ ।
सोही अधिवेशनको बन्दसत्राट २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । सो कार्यसमितिको अध्यक्षमा पुस्ता नंं ८ का किरन खरेल सर्वसम्मत चयन भएका छन भने अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र खरेल पुस्ता न ०८, उपाध्यक्ष दुर्गा प्रसाद खरेल पुस्ता न ०७, उपाध्यक्ष रन्जु खरेल पुस्ता न ०७, उपाध्यक्ष बिश्नु खरेक पुस्ता न ०८, सचिब पुनः प्रकाश खरेल पुस्ता न ०८, सह–सचिब डम्बर प्रसाद खरेल पुस्ता न ०८, कोषाध्यक्ष हेमन्त खरेल पुस्ता न ०८, सदस्यहरुमा गोपाल खरेल पुस्ता न ०७, सदस्य शबित्रा खरेल पुस्ता न ०७, सदस्य पुन्य प्रसाद खरेल पुस्ता न ०७, सदस्य धुर्ब खरेल पुस्ता न ०८, सदस्य नवराज खरेल पुस्ता न ०८, सदस्य मिला खरेल पुस्ता न ०८, सदस्य राजन खरेल पुस्ता न ०९, सदस्य स्श्री भरत मणि खरेल पुस्ता न ०८लगायत सर्वसम्मत चयन भएका हुन् ।
सो एैतिहासिक कार्यक्रममा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अध्यक्षको भावी रणनीतिक प्रतिवेदन प्रस्तुत गरिएका थिए । कार्यक्रममा ड्यासमा आसिन अतिथिगणलाई मायाको चिनोले सम्मान गरिएको थियो भने कार्यसमितिमा मनोनयन सबैलाई सोही कार्यक्रमबाट प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो