नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस राप्तीमा खसेपछि अहिलेसम्म गयो १२ को ज्यान

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् । उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो ।

नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया