फाष्ट मिडिया नेपाल संवाददाता
दुहवी (सुनसरी) । दुहवी नगरपालिकाले दुहवी क्षेत्रका केही वडाहरु अनुगमन गर्दा धेरै व्यवसायी अव्यवस्थित र गैरकानुनी रहेको खुलेको छ । दुहवी नगरपालिका उपमेयर मेनुका पोखरेलको नेतृत्वमा वडा नं. ८ र १० क्षेत्रभित्र अनुगमन भएको हो । अनुगमनमा नगरपालिका आयो भन्ने सूचना पाएपछि केही व्यवसायी सटरै बन्द गरेर टाप कसेका थिए । अनुगमनका क्रममा दर्ता नभएका, अव्यवस्थित भएका र उद्देश्य भन्दा बाहिर अनाधिकृत सामान राखिएको समेत पाइएको उपमेयर पोखरेलले बताईन । पोखरेलका अनुसार किराना पसलभित्र मदिरा समेतको बिक्री वितरण भईरहेको पाएको बताईन् ।
नगरपालिकाको अनुगमन समितिका संयोजक एवं दुहबी नगरपालिकाकि उपमेयर मेनुका पोख्रेल खतिवडाको नेतृत्वमा दुहबी वडा नम्बर १० र ८ का बजार क्षेत्रमा गरिएको अनुगमनमा अखाद्य वस्तु, म्याद गुज्रेका सामान बिक्री गरेको, पसलको दर्ता नगरपालिकामा नभएको तथा दर्ता फेल भइ गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।
अनुगमनका क्रममा दुहबी १० बुद्ध चौक स्थित रहेका सिद्धार्थ किराना पसलमा म्याद नाघेको पेय पर्दाथ र म्याद न भएको खुल्ला समान बिक्री गरिरहेको पाइएकाले त्यस्ता सामान नष्ट गरि नियमानुसार सञ्चालन गर्न निर्देशन दिइएको उपमेयर पोखरेलले बताईन ।
त्यस्तै बुद्ध चौकका चाँदनी किराना पसलका संचालक, बाबा किराना पसलका संचालक, सिवानी मिनि मार्टका संचालक पसलको शटर बन्द गरी भागेको पोखरेलले जानकारी गराईन् ।
अनुगमनकै क्रममा दुहबी १० स्थित नहर चौक स्थित रहेको शुभम किराना पसलमा म्याद गुज्रेका बिस्कुट ठूलो मात्रमा फेला परेका छन । सोही चौक स्थित रहेका कौशल किराना पसलमा ठुलो मात्रामा मदिरा खुलेयाम बेच्ने गरेको फेला परेका हुन ।
अनुगमनकै क्रममा सो पसलका संचालकलाई उपमेयर खतिवडाले गैरकानूनी काम नगर्न कडा निर्देशन दिएकी छन् । अनुगमनका क्रममा फेला परेका त्यस्ता मदिरा तथा पेय पदार्थलाई नष्ट गरिएको पनि उपमेयर पोखरेलले बताईन् ।
म्याद गुज्रेका समान भेटिएकाले त्यस्तो सामान बिक्री वितरण नगर्न टोलीले निर्देशन दिएको हो । केहि पसलहरुमा खरिद मूल्यको सबै बिलहरु न भेटिएको र उपभोक्तालाइ बेचिएको बिक्री मूल्यको बिल समेत भेटिएको थिएन । बिक्री मूल्यको बिल न भेटिदा धेरे गुना मुनाफा लिएको हुँन सक्ने जानकारहरु बताउँछन ।
त्यस्तै, अनुगमनकै क्रममा दुहबी ८ स्थित कदम गाछीमा धिरज भगतले संचालन गरेको धिरज किराना पसलमा आफैले प्याकिङ गरेको सामानमा लेबल नभएको तथा म्याद नाघेको सामान भेटिएकाले त्यस्ता सामानको प्याकेजिङमा लेबल र मूल्यसूची राखेर व्यवस्थित गर्न अनुगमन समितिले निर्देशन दिएको उपमेयर पोखरेलले बताईन् ।
कदमगाछीमा रहेका युवराज किराना पसल दर्ता बिनै गैर कानुनी रुपमा संचालन गरेको पाइएको, पसल दर्ता तथा रिन्यू गर्न, मूल्यसूची राख्न र अखाद्य सामान हटाउन सुझाव दिएको अनुगमन समितिका सदस्य दुहबी नगरपालिकाका प्रशासन अधिकृत डिक बहादुर कटुवाल बताउँछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो