नेपाल तरुणदल सुनसरी मातहतका क्षेत्रमा सरसफाई अभियानमा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । नेपाल तरुणदल सुनसरीको माथाहतमा रहेको इटहरी वडा नम्वर पाचका तरुणदलका युवाहरुले पचरुखी आसपासका क्षेत्रहरुमा सरसफाई कार्यक्रम गरेको छ ।

नियमीतरुपमा सामाजीक काम गर्दै आएका तरुण युवाहरुले घरआगन सरसफाई कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम गरेको हो,त्यसै गरी तरुण युवाहरुले ट्राफिक जनचेतनाको लागी ट्राफिक सींङनललाई रंगरोगन पनि गरेका छन् । इटहरी पाच तरुणदलका अध्यक्ष सृजित तामांगको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा तरुणदलका सुनसरी जिल्ला सदस्य सफल राई,आकास पाण्डे लगायत तरुण युवाहरुको सहभागीता रहेको थियो ।
नेपाल तरुणदल सुनसरीले जाडो महिनामा गरीव दुखीहरुलाई न्यानो कपडा वितरण गर्ने,वाडी,कोरोना महामारी जस्ता वीपद हरुमा राहत वितरण,गमी समयमा झुल वितरण लगायतका मानव सेवाको कामहरु गर्दै आएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया