त्रिवि व्यवस्थापनतर्फ बीबीएस चौथो वर्षको नतिजाले कोशी प्रदेश उत्कृष्ट, पथरीकी घिमिरे नेपाल टप, इटहरीबाट दाहाल दोस्रो र विराटनगरका सुवेदी तेस्रो

फाष्ट मिडिया नेपाल संवाददाता

बीबीएस चौथो वर्षको नतिजा आएपछि उत्कृष्ट अंकको दावी चलिरहेको छ । विद्यालयको दावीका आधारमा विभिन्न मिडियाहरुले आ–आफ्नै ढंगले समाचार सम्प्रेषण पनि गरिरहेका छन् । 

सुरुमा  विराटनगरको मेरिल्याण्ड कलेजले ८१.६ अंक ल्याउने प्रवेश सुवेदीलाई उत्कृष्ट अंकको दावी ग¥र्यो । त्यस पछि इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीविका दाहालले ८३.२ प्रतिशत अंकका साथ नेपाल टप भएको दावी क्याम्पसले ग¥र्यो र सोही प्रकारको समाचार सम्प्रेषण पनि भयो । तर अहिले फेरी त्यो भन्दा निकै बढी अर्थात पथरी शनिश्चरे नगरपालिकाको पथरीमा सञ्चालित पथरी बहुमुखी क्याम्पसकी छात्रा बिना घिमिरे त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको व्यवस्थापन संकायतर्फ बी.बी.एस. चौथो वर्षको नतिजामा ८५.८५ अंक ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी क्याम्पसले गरेको छ । त्यसो त पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्बापोले पथरीशनिश्चरे ३ निवासी घिमिरेलाई उत्कृष्ट अंक ल्याउन सफल भएकोमा बधाई समेत दिएका छन् । 

यि नतिजालाई हेर्दा व्यवस्थापन संकायतर्फ बी.बी.एस. चौथो वर्षको नतिजाले कोशी प्रदेशको मोरङ र सुनसरीको कब्जामा रह्यो भन्दा फरक नपर्ला । त्यो भन्दा बढी अंकको दावी आएन भने पथरी बहुमुखी क्याम्पस मोरङबाट घिमिरे नेपाल टप भएकी छन् भने भने जनता बहुमुखी क्याम्पस इटहरीकी छात्रा दाहाल नेपालकै दोस्रो र विराटनगरको मेरिल्याण्ड कलेजका छात्र सुवेदी तेस्रो भएका छन् । यो नतिजासँग कोशी प्रदेश शैक्षिक गुणस्तरमा अब्बल कायम भएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया