फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
धनकुटा । धनकुटा नगरपालिका वार्ड․नं․ ९ वेलाहारा क्रान्ति अर्धव्यवसायिक कृषक समुहका अध्यक्षय वेद प्रसाद रोइलाले ८ रोपनि जमिनमा टमाटर, बन्दा काउली खोर्सानि सिंवि तथा अन्य तरकारी खेती गर्दै आउनु भएको छ । बार्षिक ८० कुइन्टल भन्दा बढिको टमाटर तथा अन्य तरकारी उत्पादन गरी यस व्यवसायबाट करिव ७ लाख जतिको बार्षिक कारोबार तथा २ लाख खुद नाफा हुने पनि उहाँले बताउनु भयो। विगत ३ वर्ष यता टनेलको प्रयोग गरि खेती गरिरहनु भएका वेद प्रसाद भन्नु हुन्छ यसको प्रयोगले तरकारी निकै राम्रो छिटो उत्पादन र थोरै लगानिमा धेरै आम्दानी लिन सकिने रहेछ ।
पहिला यसरी तरकारी खेति गर्न जानेकै थिएन २०७६ सालवाट समृद्धि आयोजनाको सहलगानीमा मल्चिङ् सहितको दुईवटा टनेल, सिंचाई पोखरी, भर्मिक पिट, बनाएर तरकारी खेतिलाई व्यवसायिक रुपमा अगाडि बढाउँदै गएँ। उहाँ भन्नुहुन्छ विगतका दिनहरुमा परम्परागत रुपमा खुल्ला खेति गर्दै आएका थिएउँ प्राविधिक ज्ञानको कमि टनेल खेतिको बारेमा कुनै पनि जानकारी नभएको समृद्धि आयोजनाले गर्दा नै टनेलमा तरकारी खेति सुरु गरियो, पहिला त कस्तो उत्पादन होला भन्ने जिज्ञासा लागेको थियो उत्पादन हुन थाले पछि मनग्ये आम्दानी भयो । त्यस पछि ईच्छा शक्ति बढदै गयो रहर र आशाहरु पलाउँदै गए र टनेल थप्ने स्रोतहरु खोज्दै जाँदा कृषि ज्ञान केन्द्र पुगियो ५०५ अनुदानमा फेरि ७ वटा टनेल र एउटा पोखरी वनाएर जम्मा ९ वटा टनेल २ वटा पोखरी बनाईआधुनिक तरिकाले तरकारी खेति गर्न थाले पछिनिकै राम्रो आम्दानि भयो तरकारी खेति प्रतिको मोह वढदै गयो परिवारबाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिल्यो । साथै आफ्नै घरमा उत्पादन भएको तरकारी खादा कुनै रोग नलाग्ने र स्वस्थ पनि भइने उहाँको
अनुभव छ। त्यस्तै झोल मल (लिक्वीड फर्टिलाईजर) आधुनिक प्रविधि अपनाउँन थालेको पनि उहाँ बताउनु हुन्छ। झोल मल (लिक्वीड फर्टिलाईजर) यसले रोग किरा नियन्त्रण गर्नुका साथै अर्गयानिक मल बनिने र गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाए पछि तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ। “पशुको पिसाब सङ्कलन गर्न ट्याङ्की बनाएर सङ्कलन गर्ने र त्यसलाई तरकारीका बोटमै बेलाबेला हालेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन,”
यो स्वास्थ्यका लागि हानिकारक पनि हुँदैन ।×समृद्धि” बाटै भर्मिक पिट पनि ३÷६ र ३÷६ को दुईवटा बनाएर बार्षिक रुपमा १२ देखि १५ क्वइन्टल जति गड्यौले मल उत्पादन गर्ने गरेको छ। त्यति मात्र हैन आफ्नो व्यवसायको हर हिसाव राख्नलाई समृद्धि आयोजनाले दिएको कृषक डायरीमा विक्रि गरिएको वस्तु र उत्पादित वस्तुको खर्च र आम्दानीको हर हिसाव उहाँले टिपेर राख्ने गर्नु भएको छ।उहाँ भन्नु हुन्छ टनेल खेतिबाट अर्गयानिक उत्पादनको लागि उचित बजारको व्यवस्थापन भई नसकेको हुँदा बजारले पनि गुणस्तर भन्दा पनि राम्रो खोज्ने भएकोले बजार सम्मको अर्गयानिक खेतिको समस्या रहेको छ ।
आयोजनाले सिंचाइ पोखरी, प्लष्टिक टनेल निर्माण भर्मिक पिट देखि कृषकलाई तरकारी बजारीकरणमा समेत सहयोग गरेको छ ।पहिला बजारको निकै समस्या भएको यस ठाउँमा अहिले सामुहिक बजारीकरण संचालन भए पछि निकै सहज भएको र सदस्य संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ। म लगाएत यस ठाउँका अधिकांस कृषकहरु समृद्धि आयोजनाको सहयोग र सिकाइले व्यवसायिक तरकारी खेति तर्फ उन्मुख भएका छन्।
(आर्थिक विकास सहजकर्ता तथा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्वि धनकुटाका लक्ष्मी घिमिरेको सहयोगमा तयार पारिएको सामग्री)
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो