इटहरीको नमुना कलेजले एकै दिन सुनसरी र मोरङका विभिन्न स्थानमा लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरीको प्रतिष्ठित कलेज नमूनाको आयोजनामा सुनसरी र मोरङका विभिन्न स्थानमा एकै दिन लैंगिक हिंसा विरुद्धका अभियान चलाएको छ । इटहरी, सुन्दरहरैंचाको विराटचोक, बेलबारी लगायतका विभिन्न स्थानमा आज लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गरेको छ । ‘महिला र बालिका विरुद्ध हुने हिँसा रोक्न लगानी गरौं’ नारा सहितको अभियान अन्तर्गत सडक नाटक तथा ड्रिल डान्स प्रस्तुत गरिएको हो ।

कार्यक्रम विषेशगरि जनचेतना फैलाउनको निमित्त बिएसडब्ल्यु सङ्काय अध्ययनरत विद्यार्थीद्वारा निर्मित सडक नाटक साथै ड्रिल डान्स प्रस्तुत गरिएको हो ।

प्रस्तुत गरिएको सडक नाटकमा अधिकांश महिलाहरूले आफ्नो दैनिक जीवनमा भोगेको घरेलु हिंसा तथा लैङ्गिक हिंसा बारे स्मरण गरेका थिए। यस्तै एक बेलबारी स्थानीय महिला सभरुङ खातुनले प्रस्तुत गरिएको नाटक हुवहु आफ्नो जीवनमा भएको बताएकी छन्। उनले आफ्नो दैनिक जीवनमा सासु ससुरा साथै आफ्नै श्रीमानबाट विभिन्न किसिमको घरेलु हिंसामा परेको समेत जानकारी दिएकी छन्। खातुनले प्रस्तुत गरेको नाटक सत्य घटनामा आधारित भएको भन्दै लैङ्गिक हिंसा तथा घरेलु हिंसा अन्त्य गर्नु जरुरी रहेको बताइन। 

यस्तै वि।यस।डब्लु सङ्काय अध्यनरत छात्र अंकित भट्टराईले लैङ्गिक हिंसाको विरुद्धमा सम्पुर्णले आवाज उठाउन जरुरी रहेको बताएका छन्। उनले कोहीपनि हिंसा सहनु अथवा हिंसामा परि रनु हुन्न भन्दै १६ दिने अभियान १६ दिन सम्म मात्र सिमित नराखी, वर्षै भरी अभियानको स्वरूप सशक्त बनाउनु पर्ने बताएका छन्। उनले कु(संस्कार, कुरीति तथा विभेदका विरुद्ध सधैं एक हुन् पर्ने सन्देश पनि दिएका छन्। 

यस्तै इटहरी नमुना कलेजले इटहरीको सुन्दर सहरमा रहेर हिंसा, विभेद र अन्यायका विरुद्ध विद्यार्थीलाई नै अभियान चलाउने वातावरण सिर्जना गर्नुले पनि समाजमा सुधारात्मक कार्यहरू हुँदै अभियान चलाइएका छन्। यसको फल स्वरूप लैङ्गिक हिंसा विरुद्धको अभियान पनि एक हो। 

उक्त अभियान विराट चौक हुँदै बेलबारीका केही स्थान र अन्त्यमा इटहरी उपमहानगरपालिका अगाडि प्रस्तुत भई समापन गरिएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया