धनकुटाले भूकम्प पीडितका लागि संकलित झण्डै डेढ लाख रुपैयाँ कोषमा जम्मा गरेर भौचर प्रजिअलाई हस्तान्तरण

फाष्ट मिडिया नेपाल संवाददाता
धनकुटा ।  प्रधान मन्त्री दैविप्रकोप सहायता कोषमा आज धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनले  पहिलो चरणमा संकलन गरेको  जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रक पौडेल मार्फत पठाएका छन ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,वरिष्ठ उपाध्यक्ष मन  कुमारी (तारा) तितुङ्ग, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कार्यकारी सदस्य सुनिता थापा,नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका वरिष्ठ उपाध्यक्ष विष्णु माया (कविता) कन्दङ्वा,धनकुटा होटल एशोसिएसनका उपाध्यक्ष डम्वर काफ्ले ,धनकुटा नगर अध्यक्ष ज्ञानेन्द्र वस्नेत,धनकुटा वितरक संघका कार्यकारी सदस्य देवेन्द्र प्रधान,धनकुटा उद्योग बाणिज्य संघका कार्यलय सचिव मातृका राईले  १ लाख ४२ हजार १ सय ४० रुपैया प्रधान मन्त्री दैविप्रकोप सहायता कोषमा जम्मा गरेको  कैक भौचर धनकुटा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाइ  हस्तान्तरण गरेका हुन् । 
सो अवसरमा भीम दल गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल सुमन थापा,सशस्त्र प्रहरी बल छिन्ताङ्ग देवी गुल्म धनकुटाका गुल्मपती डिएसपी सर्दुशन प्रसाद भारती लगायत सुरक्षा निकायका प्रमुखहरु,धनकुटा उद्योग बाणिज्ज संघका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको वरिष्ठ उपाध्यक्ष मन (तारा) कुमारी तिुतगले बताए । 
धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटा उद्योग बाणिज्य संघ,धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएनका सदस्यहरु र व्यापारी तथा व्यावसायीहरुसंग धनकुटा र हिलेमा पहिलो चरणमा भूकम्प पीडतहरुका लागी राहत  संकलन गरको रकम पठाइएको अव पुन अन्य क्षेत्रका संघका सदस्यहरुसंग पनि राहत रकम संकलन गरेर भूकम्प पीडितहरुलाई पठाईने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया