केन्द्रीय सरकारको बाछिटा कोशी प्रदेशमा, सरकार पुर्नगठनको तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । केन्द्रीय सरकारले पुर्णता नपाउँदै त्यसको बछिटा प्रदेशमा परिसकेको छ । परिणामस्वरुप् कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी थालिएको छ । नेपाली कांंग्रेस र एमालेको गठबन्धनमा केन्द्रीय सरकार बनेपछि प्रदेशमा पनि सोही अनुसारको प्रक्रियाको थालनी भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । 

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया