महासमिति बैठकमा पेश गर्न पार्टी सुदृढीकरणका सुझाव धनकुटा कांग्रेसद्वारा तयार

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा ।  धनकुटा कांग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न २७ बुँदे सुझावपत्र तयार गरेको छ ।  केन्द्रदेखि टोल कार्य समितिको नेतृत्व चयन, नीति निर्माण, विधानमा हरेक तहको उम्मेदवार क्रियाशिल सदस्यबाट छनौट गर्ने व्यवस्था हुनुपर्ने लगायतका कुरा समेटेर महासमितिमा पेश गर्न सुझावपत्र तयार गरेको धनकुटा कांग्रेसले जनाएको छ । 

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा  विभिन्न चरणमा  नेता तथा कार्यकर्ताहरुसंग छलफल तथा अन्र्तक्रिया गरी सरसल्लाह र परामर्श गरी  कांग्रेसको नीति तथा विद्यान संशोधन गर्नका लागि उक्त सुझाव तयार गरी महासमितिको बैठकबाट पारित गर्न पठाउने भएको  जिल्ला सचिव विजय सन्तोषी राई बताउँछन् । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य, दुवै तहका सांसदहरु र सासंदहरुका उम्मेदवारहरु वडा तहबाटै प्रतिनिधिमा निर्वाचित भई आउनु पर्ने, सम्र्पक समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुबाट समेत जिल्ला अधिवेशनको लागि क्षेत्रिय प्रतिनिधिको व्यवस्था गर्न, केन्द्र देखी टोल समिति सम्म महिला उपसभापति,महिला महामन्त्रि÷सचिव र सहमहामन्त्री÷ सहसचिव निर्वाचित हुने विधानमा व्यवस्था गर्न माग गरिएको छ । र प्रत्येक प्रदेशबाट एक महिला सहित  ४÷४ जना केन्द्रिय सदस्य निर्वाचित हुने विधानमा व्यवस्था गर्न माग सहित सुझाव दिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

स्वास्थ्य सेवालाई निशुल्क अनिवार्य बनाउनका लागी स्वास्थ्य बिमालाई बढाएर पाच लाख सम्म तत्काल पु¥याउनका लागी स्वास्थ्य निति बनाउनु पर्ने,शिक्षा नितिमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई सरकारको जमानिमा एक प्रतिशतमा शैक्षिक ऋण अनिवार्य उपलब्ध गराउनु पर्ने । जेष्ठ नागरिकहरुलाई सरकारले अनिवार्य पालन पोषणको व्यवस्था गर्नु पर्ने र यूवा नितिमा यूवाहरुलाई रोजगार स्वरोजगार बनाउनु पर्ने । र यूवाहरुलाई शिप मुलुक प्राविधिक शिक्षा दिई सरकारको जमानीमा सहुलियत दरमा ऋण अनिवार्य उपलब्ध गराई व्यावसाय संचालन गर्न लगाउनु पर्ने । खेलकुदलाई अभियानको रुपमा हरेक तहमा संचालन गर्नु पर्ने लगायतका विभिन्न सुझावहरु महासमितिको बैठकका लागी तयार गरिएको नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईले वताउनु भयो ।

हरेक तहको उम्मेदवाहरु नेताले छनौवट नगरी कार्यकर्ताहरुबाटै छनौवट गर्नका लागी सदस्यहरुबाट भोट गरी उम्मेदवार छनौवट गर्ने निति बनाउने पर्ने समेत धनकुटा कांग्रेसले आगामी हुन गैरहेको महासमितिको बैठकका लागी सुझाव तयार गरको छ ।

विजय राई,धनकुटा


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया