क्रान्तिकारी कम्नीष्ट पार्टी नेपाल सुनसरीको जील्ला अधिवेसन सम्पन्न ।

सुप्रिया राई

इटहरी । क्रान्तिकारी  कम्नीष्ट पार्टी नेपालको सुनसरी जील्ला अधिवेषन बाट २५ सदस्यीय कार्यसमीती चयन गरेको छ ।


इटहरीको गंगा जमुना होटलमा भएको अधिवेषनमा रहेका प्रमुख अतिथी रामसिंह श्रीषले सर्वहारावर्गको मुक्तीकाे यात्रामा अगाडी वढ्दै क्रान्तिकारी बिचार निमार्ण गरी जनताको न्यायको लागी संगठन बलियो वनाउनु पर्ने बताएका छन् ।

त्यसै गरी नयाँ जनवादको  खुड्कीलो  पार गर्दै समाजबाद तर्फ अघि वढौ भन्ने नारालाई  सार्थक बनाउदै यही मंसीर १३ गते देखी २३ गते सम्म काठमाण्डौमा हुन लागेको राष्ट्रिय एकता महाधिवेषन भब्यरुपमा सफल वनाउन पनि सहभागीहरुलाई श्रीषले आग्रह गरे ।

अधिवेसन कार्यक्रममा केन्द्रीय सदस्य संगम,१ नम्वर प्रदेश इन्चार्ज बिद्रोही,इलाम इन्चार्ज बिधुत,केन्द्रीय सदस्य एवं किसान इन्चार्ज बलदेव लगायत देशका विभीन्न जील्लाको क्रान्तिकारी कम्निष्टहरुको सहभागीता रहेको थियो  ।


सुप्रिया राई
प्रतिक्रिया