दोस्रो इटहरी परम्परागत खाना महोत्सव फागुन १ बाट सुरु भई ११ गतेसम्म चल्ने जानकारी

दयाराम कटेल

सुनसरी । इटहरीमा दोस्रो इटहरी परम्परागत खानाको महोत्सव फागुन एक गते वाट इटहरी ४ आइतवारेमा सुरु हुने भएको छ ।

फागुन ११ गते सम्म हुने महोत्सवमा इटहरीको प्रथम नागरिक थारुसहित यस क्षेत्र तथा आसपासको क्षेत्रमा वसोवास गर्ने समुदाय नेवारी, धिमाल, राई, लिम्वु, तामाङ, गुरुङ लगायतको जातजातिको खानालाई फुड फेष्टिवलमा प्राथमिकताको साथमा राखिने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भुगोल, प्रकृती एवं हावापानी सग जोडीने हुदा पर्यटकले खानाको माध्यमवाट स्थानिय जनजीवन झल्कीने र यसवाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने जिल्ला होटल व्यावसायी सुनसरी तथा पर्यटन व्यवसायी सुनसरीका अध्यक्ष तथा कार्यक्रमका सभापति तेज बहादुर पुरीले जानकारी दिएका छन् ।

महोत्सवमा इटहरीको १० ओटा लेटेस्ट डेस्टीनेसन इटहरी तर्फ भन्ने पुस्तिकाको विमोचन गरिने, साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्वारा मनोरञ्जन गराइने समेत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा होटल व्यावसायी तथा लज व्यावसायी संघ सुनसरीका अध्यक्ष उमेस दाहाल, होटल व्यावयी संघका महासचिव दिपक पोखरेल लगायतको सहभागीता रहेको थियो ।

दयाराम कटेल
प्रतिक्रिया