ओरालो लाग्न थालेको पेट्रोलियम पदार्थ फेरी उकालो चढ्ने अनुमान, भारतले पेट्रोलको मूल्य बढाएर नेपाललाई पठायो मूल्यसुचि

फाष्ट मिडिया नेपाल संवाददाता

ओरालो लाग्न थालेको पेट्रोलियम पदार्थ फेरी उकालो चढ्ने अनुमान, भारतले पेट्रोलको मूल्य बढाएर नेपाललाई पठायो मूल्यसुचि

थोरै थोरै भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदै गएकोमा अब पुनः भारतले बढाएर मूल्य सुचि बढाए पनि फेरी नेपालमा बढ्ने आशंका बढेको छ । 

भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको हो । यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको छ । २० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँमा झारेको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया