स्थानिय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निती सम्वन्धी अन्तरकृया कार्यक्रम इटहरीमा सम्पन्न

दयाराम कटेल

सुनसरी । दलित महिला केन्द्र नेपालको आयोजनामा स्थानिय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निती सम्वन्धी अन्तरकृया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

दलित महिला केन्द्र नेपालले विगत ५ वर्ष देखी नेपालमा प्रत्यक्ष रुपमा काम गरिरहेको साथै स्थानिय पालिकाहरुमा आवद्ध भएका महिला जनप्रतिनिधीहरु, जुनसुकै पार्टिमा आबद्ध भएर सक्रियरुपमा राजनिती गरिरहेका महिलाहरुको साझा संस्थाको रुपमा रहेको दलित महिला केन्द्र नेपालले एउटा महिलालाई अगाडी बढाउनको लागी समाजमा नेतृत्व तहसम्म पुर्याउनको लागी लगातार तालिम दिइरहेको कोशी प्रदेश संयोजक अनिता परीयारले जानकारी गराइन ।

महिला जनप्रतिनीधीहरुलाई सहज रुपमा काम गर्ने वातावरण वनाउन अर्थपुर्ण रुपमा सहभागीता गराउनको लागी मेयर, उपमेयरको पनि उतीकै भुमिका रहन्छ त्यसै गरी अधिकृत, शाखा अधिकृत, विभिन्न निती नियम निमार्णको तहमा रहेका नेताहरुको पनि उतीकै भुमीका रहने भएकोले उनिहरुलाई विभिन्न चरणमा राखेर तालिमहरु दिदै आएको समेत संयोजक परीयारले जानकारी गराइन । 

कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी लगायत सुनसरी जिल्लाको विभीन्न नगरपालिका, गाउपालिकाको अधिकृत, शाखा अधिकृत, वालवालिका तथा महिला प्रमुखहरुको सहभागीता रहेको दलित महिला केन्द्र नेपालको सुनसरी कार्यक्रम संयोजक रामसुन्दर मेहताले जानकारी गराए ।

दयाराम कटेल
प्रतिक्रिया