इटहरीको पुरानो बसपार्क स्तरोन्नति हुँदै सुविधासम्पन्न बन्ने, छुट्टीयो १६ करोड बढी बजेट

खगेन्द्र कार्की

फामिने संवाददाता

इटहरी । इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तिन तले बसपार्क निर्माण कार्य सुरु हुने भएको छ । इटहरी स्थित पुरानो बसपार्क भएको ठाउँलाई व्यवस्थित गर्न १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण हुने भएको हो ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर सुरु हुने भएको छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाण्डौका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बीच इटहरी बसपार्क निमार्ण गर्न सम्झौता भएको हो ।

कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय,सभाहल,रेष्टुरेण्ड सहितको हुने छ ।

१८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण हुने छ । ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ । पार्किङ सानो ठुलो छुट्टै हुने छ । ढल व्यवस्थापन र डे«न सहितको सुविधा हुने छ । बसपार्क अत्याधुनिक बनाईने भएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए । बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएको थियो अब व्यवस्थित हुनेछ मेयर पौडेलले भने । ‘अब बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ भने साइडमा पार्किङ स्थल रहनेछ,’ इटहरीका मेयर पौडेलले भने, ‘अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ।’

खगेन्द्र कार्की
प्रतिक्रिया