संखुवासभाको पाँचखपनमा सिद्धदेवी पाथीभरा माताको प्राणप्रतिष्ठा सम्पन्न

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा आज (विहिवार) समापन गरिएको हो ।

पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरुबाट विधिवत रुपमा देवीको प्राणप्रतिष्ठा गरिएको हो । पहिलो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरि सोहि दिन जलवास गराईएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।

श्री सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर वाहिरका भक्तजनहरुको उपस्थिति रहेको थियो । श्री सिद्धदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गरिएको संस्थाका देवराज पुरीले जानकारी दिए । 

देवीको प्राणप्रतिष्ठापछि पुजारीबाट दैनिक पुजापाठ गरिने समेत पुरीले जानकारी गराए ।


खगेन्द्र कार्की
प्रतिक्रिया