बराहक्षेत्र नगरपालिकाको नगर अस्पतालमा आधुनिक आकस्मिक (इर्मजेन्सी) कक्षको उद्घाटन

फाष्ट मिडिया नेपाल संवाददाता

बराहक्षेत्र नगरपालिकाको नगर अस्पतालमा आधुनिक आकस्मिक (इर्मजेन्सी) कक्षको उद्घाटन भएको छ ।

चक्रघट्टी, सुनसरी ।  बराहक्षेत्र नगरपालिका वडा नं. ६ स्थित चक्रघट्टीमा रहेको नगर अस्पतालमा उक्त सुविधा थप गरेर नगरप्रमुख रमेश कार्कीले उद्घाटन गरेका हुन । उपप्रमुख, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्षलगतयको उपस्थ्तििमा उक्त उद्घाटन भएको छ । आकस्मिक कक्षसंगै अस्पताल परिसरलाई अकर्षक र सुविधा सम्पन्न बनाउन टायल विछ्याउने र शौचालय निर्माण गर्नका लागि २० लाख खर्च भएको नगरप्रमुख कार्कीले बताए । सो कार्यक्रममा वडा नं. ६ र ७ का वडाअध्यक्षहरु, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, चिकित्सक, कर्मचारीलगायतको उपस्थ्तिि रहेको थियो । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया