पाठकको पुर्पुरो ः वि.सं. २०८० मंसिर २५ गते (तद्नुसार इ.सं. २०२३ दिसेम्बर ११ तारिख) सोमबार बालाचतुर्दशी, शतबीज छर्ने ।

फामिने ज्योतिष

मेष – दौडधुप बढेपनि नयाँ काम र जिम्मेवारी हात पर्ने दिन छ । रोकिएका कामसमेत सम्पादन हुनेछन् भने सामाजिक उत्तरदायित्व वहन गर्ने मौका मिल्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी हुने तथा प्रतिष्ठा बढ्ने योग छ । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रा सफल रहला ।

वृष – राम्रै फाइदाको योग छ । आजको दिन सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । दाम्पत्यसुख बढ्नेछ । रसरागको भावना वृद्धि हुनेछ । सुख शान्ति समृद्धि हासिल गर्नुहुनेछ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । काममा मातापिताको सहयोग प्राप्त होला । दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – समय अलिक चुनौतीयुक्त छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्य पनि सामान्य कमजोर रहला, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद मनमा प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । आजको दिन विवादबाट बच्न विशेष प्रयास गर्नुहोला । सवारी साधनको प्रयोगमा अलिक सावधानी अपनाउनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । यशवर्चश्व कायम रहला ।

कन्या – पठनपाठनमा प्रगति हुने र रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्ने योग छ । आजको दिन आर्थिक अभावले भने अलिक सताउन सक्छ । कृषिकर्मबाट लाभ मिल्नेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । काममा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – भाग्योन्नतिको समय छ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउनेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने संयोग जुर्ला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – दिन मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना पनि छ । आम्दानी राम्रै बढ्नेछ । प्रेमको बन्धन कसिने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । मान-सम्मान बढ्नेछ । बाध्यताका काममा जुट्नुपर्ने योग पनि देखिन्छ । आरोग्यबल बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । बोलीको भरमा काम सम्पादन होला । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । मान-सम्मान बढ्ला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । लगानी बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रा सफल रहला ।

मकर – कर्मबल बढ्नेछ, तर धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । धनमाल चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । तपाईंको विचारले धेरैलाई आकर्षण गर्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ र पनि उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । सामाजिक कामको दायित्व बढ्नेछ । कर्मफल र अधिकारका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – भाग्यबल बढ्नेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ, अधुरा काम बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त होला । प्रेमभाव बढ्नेछ । भोगविलासमा आकर्षण हुनेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया