धनकुटेलीलाई मुख्यमन्त्री कार्कीले धनकुटाका संरचना अन्यत्र सार्ने योजना नरहेको बताउँदै आश्वस्त तुल्याए

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । पुरानो प्रशासनिक केन्द्रका रुपमा चिनिएको धनकुटाबाट सरकारी संरचना अन्यत्र सार्ने विषयमा चिन्तत बनेका धनकुटेलीलाई मुख्यमन्त्री केदार कार्कीले नसर्ने गरी आश्वस्त तुल्याएका छन् । 

सोही विषयमा नेपाली कांग्रेस धनकुटाले बुझाएको ज्ञापनपत्र बुझ्दै धनकुटाबाट कुनै पनि संरचना अन्यत्र नसर्ने बताएपछि धनकुटेली खुशी भएका हुन् । 

ज्ञापनपत्र ग्रहण गर्दै कोशी प्रदेशका मुख्य मन्त्री कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्ने धनकुटामा नै कायम रहने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नर्सानका लागि  मुख्य मन्त्री काकीलाई ज्ञापनपत्र बुझाउँदै आग्रह गरेपछि मुख्यमन्त्री कार्कीले धनकुटामा रहेका कुनै पनि सरकारी कार्यालयहरु अन्यन्त्र सार्ने योजना नरहेको वताउँदै  धनकुटामा रहेको कार्यालयहरु  नसार्ने समेत प्रतिवद्धता  जनाएका हुन् ।

धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको भन्दै  नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाली कांग्रेस नेता तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, नेपाली कांग्रेसका नेता तथा छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले धनकुटामा रहेका कुनै पनि कार्यालयहरु अन्यत्र नसार्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

मुख्य मन्त्री कार्कीले धनकुटाबाट प्रदेश अन्र्तगतका कुनै पनि कार्यालयहरु अन्यत्र सार्ने योजना नभएको र धनकुटाको कुनै पनि कार्यालय अन्यत्र सार्ने कुनै योजना नरहेको ढुक्क हुन आग्रह समेत गरेको धनकुटा कांग्रेस सचिव राईले बताए । 

नेपाली कांग्रेस धनकुटाका टोलीसंग मुख्य मन्त्री कार्कीले कुरा गर्दै धनकुटाको विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष योजनाहरु ल्याउनु र धनकुटाका रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा कम्तीमा पनि महिनाको एक पटक प्रदेश मन्त्रिपरिषद्को बैठक वस्ने र अब चाँडै  पहिलो बैठक बस्ने समेत मुख्य मन्त्री कार्कीलाई उदृत गर्दै सचिव राईले फाष्ट मिडिया नेपाललाई बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया