निरिक्षणमा व्यस्त नगरप्रमुख भण्डारी

फाष्ट मिडिया नेपाल संवाददाता

रिकश निराैला,इनरुवासुनसरी जिल्लाको पुरानाे नगरपालिका साथै जिल्ला सदरमुकाम भएर समेत विकाश निर्माणका काममा काँचुली फेर्न नसकेको इनरुवा नगरपालिका एउटा मृत नगर जस्तै भएकाे अवस्था थियो। तर २०७९ बैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचन पश्चात् अत्याधिक बहुमतका साथ विजय भएर इनरुवा नगरपालिकाकाे नगरप्रमुख भएका केदार भण्डारीले नगरको काँचुली फेर्न प्रयासरत छन् । आफू निर्वाचित भएर आएकाे दुई बर्ष पूरा भएकाे र उक्त अवधिवा नगरपालिकाद्वारा आयाेजना गरेकाे विकाश निर्माणका कामहरुकाे समीक्षात्मक निरिक्षण गरेका छन्न।

नगरप्रमुखको नेतृत्वमा उक्त निरिक्षण टाेलिमा उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्यहरु, सम्बन्धित वडाका वडा अध्यक्षहरु, नगरका प्राविधिक कर्मचारीहरु साथै पत्रकारहरुको समेत उपस्थिति रहेकाे छ। उक्त निरिक्षण टाेलिले बैशाख २५ गते देखि २९ गते सम्म क्रमिक रुपमा नगरका दश वटै वडाहरुको निरिक्षण गर्ने छ। साथै निरिक्षणको क्रममा नगरप्रमुखले स्थानियसगँ समसामयिक बिषयहरुमा छलफल गर्दै उनिहरुको आवश्यकता र माग समेत संकलन गरेका छन्न। आउदाे आर्थिक बर्षमा वडाहरुको आवश्यकता र स्थानियहरुको माग अनुसार नगरको बार्षिक कार्ययोजना बनाउने तयारी भएको छ। 

निरिक्षणका तस्विरहरु:-

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया