प्रधानमन्त्री दाहालको नक्कली भुटानी शरणार्थीसम्बन्धी चलचित्र हेर्न टिकट काटेर पर्खिरहेको एमाले नेता गिरीको प्रत्युउत्तर

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी ।  नेकपा एमालेले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा कदम चालेर भ्रष्टाचारका सन्दर्भमा अहिले ट्रेलर मात्रै आएको र फिल्म देखाउन बाँकी नै रहेको भनि दिएको अभिव्यक्तिमा जवाफ दिएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले प्रधानमन्त्रीले देखाउने भनेको फिल्म हेर्न पार्टी आतुर रहेको बताए । 

‘अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बाहिर भन्दै आउनु भएको छ । भ्रष्टाचारका सवालमा यो सवालमात्रै हो, फिल्म त आउन बाँकी नै छ भन्नु् भएको छ’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्नका लागि आतुर छौँ । हामी तपाईँले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ ।’ 

उनले वाइडबडी काण्ड बाँसबारी घोटाला काण्ड, मातातीर्थ काण्ड, यति ओम्नी काण्ड, लडाकु शिविरमा भएका घोटाला काण्ड, बजेटमा बिचौलिया  घुसाइएको काण्डलगायतको एक एक छानबिन हुने विश्वास व्यक्त गरे । सबै घोटालामा छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताए । 

उनले शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही हुनुपर्छ भन्ने पक्षमा एमाले रहेको पनि बताए । 

खगेन्द्र कार्की
प्रतिक्रिया