आजको पाठकको पुर्पुरो : पुर्पुरोमा जे लेखिए पनि कर्म गर्न नछाडौं

खगेन्द्र कार्की

मेष – नयाँ काको सुरुवात खासै राम्रो नभएको र काममा ज्यादा परिश्रम पर्ने भए पनि कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइने दिन छ । पारिवारिक भेटघाटको समय छ । जोखिम र दौडधुप बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययन तथा अध्यापनमा प्रगति होला । सही ठाउँमा विवेक प्रयोग हुनाले लक्ष्य प्राप्त गर्न सकिनेछ । आरोग्यबल वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन विशेष योजनाहरू बन्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आत्मीयजनसँग भेटघाट होला । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । विरोधिमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – गर्दै आएको कामलाई निरन्तरता दिए पनि नयाँ काममा हात हाल्न केही समय पर्खंनु उपयुक्त हुनेछ । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । दुःख दिनेहरु सक्रिय रहन सक्छन् । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आजको दिन ब्यस्तता र खर्च बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । कर्मप्रतिको लगनशीलताले उपलब्धि दिलाउनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । पराक्रम बढ्नेछ, व्यवसायबाट लाभ हुने समय छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आज व्यवसायका लागि यात्रा गर्नुपर्ने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – अस्वभाविक प्रकारले दिइएको प्रलोभनले दुविधामा पार्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । आज स्वास्थ्यप्रति सचेत रहनुपर्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । दाम्पत्यसुख भने बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – लगानी बढ्नेछ । आजको दिन दौडधुप र परिश्रम बढे पनि उचित परिणाम नपाइने समय छ । तथापि उत्साहजनक समाचार प्राप्ति र त्यसबाट हर्ष बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु लाभप्रद होला । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । सार्वजनिक काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – बन्न लागेको काम अचानक बिग्रन सक्छ । सहयोगीबाट धोका हुन सक्छ । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया