गायीका ऋचा काफ्लेको स्वरमा रहेको तीज गीत सार्वजनीक

सुप्रिया राई

इटहरी । गायीका ऋचा काफ्लेको स्वरमा रहेको मसीनो खाउला सुकिलो लाउला बोलको मौलीक तीज गीतको भीडीयो ऋचा काफ्ले युट्युब च्यानल बाट सार्वजनि भएको छ ।

गायीका ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको शब्द संगीतमा रहेको तीज  गीतको इटहरीमा पत्रकार सम्मेलन गरी मोरङ्ग जिल्लाको सिडीयो प्रेम प्रसाद भट्टराईको प्रमुख आतित्थ्यतामा तीज गीतको भिडीयो ऋचा काफ्ले युट्युब मार्फत सार्वजनिक गरीएको हो ।

भाइरल हुनको लागी नभएर भोलीको भावी पुस्ताको लागी हाम्रो सस्कार,सस्कृती,संगीनी,तीज जस्ता परम्परालाई जोगाई राख्नको लागी आफुले तीज गीतको भीडीयो निकालेको गायीका ऋचा घिमीरेले पत्रकार सम्मेलनमा जानकारी गराईन ।

सुनाखरी कलाकुञ्ज संङ्गीत विद्यालय इटहरीको आयोजनामा भएको पत्रकार सम्मेलनमा गीत संगीतलाई माया गर्ने विभिन्न संघ सस्थाको प्रतिनिधहिरुको उपस्थीती रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया