इटहरी । इटहरीको टेङग्रा खोलामा एक पुरुषको शव फेला परेको छ । हटिया लाईन स्थित ट्याङ्ग्रा खोलामा करिव ४०/४५ वर्षको जस्तो देखीने पुरुषको शव फेला परेको हो ।
आइतबार बिहान ८ः४५ को समयमा सुनसरी जिल्लाको इटहरी ६ हटिया लाईन टेङग्रा खोलाको ६ फिट गहीरो पानिमा उक्त पुरुष घोप्टो अवस्थामा हातमा चोट लागी व्याण्डेज गरीएको अवस्थामा मृत भेटिएको हो । मृतकको अहिलेसम्म नाम, थर खुल्न सकेको छैन ।
शवलाई पोष्टमार्टमका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
सुप्रिया राई
१६ चैत २०८१, अाईतबार १२:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो