यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ ।

२०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो ।

नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको थियो ।

मध्यम स्कोर खडा गर्ने क्रममा यूएईका लागि आसिफ खानले ७२, रोहन मुस्ताफाले ५१, आर्यन लाक्राले २८, क्याप्टेन रिजवानले २२ तथा व्रित्या अरविन्दले १८ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी, आरिफ शेख र कुशल मल्लले एकरएक विकेट लिए । यूएईका दुई ब्याट्सम्यान रनआउट भए ।

यो पराजयसँगै शीर्ष ३ मा पर्ने सम्भावना कायम राख्न नेपालले बाँकी ६ वटै खेल जित्नुपर्ने दबाब बढेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया