दीक्षान्त समारोह र अतिरिक्त क्रियाकलाप गर्दै सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमीले मनायो २० औं राष्ट्रिय धान दिवस

खगेन्द्र कार्की

दयाराम कट्टेल

विराटचोक (सुन्दरहरैंचा) । मोरङको सुन्दरहरैचा वार्ड नं. ६ स्थित पूर्वाञ्चल एकेडेमीले राष्ट्रिय धान दिवस अर्थात् दही चिउरा खाने दिनको अवसर पारी नव विद्यार्थीलाई स्वागत, प्री प्राइमरी लेभल उत्रिण गरी प्राइमरी लभल प्रवेश गरेका विद्यार्थीलाई ग्राजुएसन अर्थात् दीक्षान्त समारोह  साथ साथै एसईई ब्याच २०७९का बिधार्थीलाई बिधाई कार्यक्रम आयोजना गरेको छ। यस विद्यालयले क्याप्टेन तथा भाइस क्याप्टन तथा हाउस प्रतिनिधि क्याप्टन तथा भाइस क्याप्टन लाई पनि समान गरेको छ।  हरेक वर्ष यस्ता विद्यार्थीलाई उत्प्रेरणादायी कार्यक्रम गर्दै आएको पूर्वाञ्चल एकेडेमीले यसलाई पूर्ण निरन्तरता दिएको हो। 

विगत लामो समय देखि विद्यार्थी तथा समाजलाई उज्यालो तर्फ बढ्न अग्रसर हुँदै आएको यस विद्यालयले विद्यार्थीले गर्नु पर्ने भूमिका साथ साथै समाजलाई दिनु पर्ने बौद्धिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गराउन सधै अग्रसर हुँदै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला साथ साथै प्रेरणा मिल्ने भएकाले भविष्यमा अझ सशक्त भएर लागि पर्ने एक शिक्षकले बताएका छन्। उनले यस्ता कार्यक्रम सबै विद्यालयले गर्न आवशयक रहेको पनि जानकारी दिएका छन्।

यस्तै विद्यालयका प्रिन्सिपल दिपेन राईले विद्यालयले यस्ता कार्यक्रम कै माध्यम बाट विभिन्न उपलब्धि हासिल गरेको जानकारी दिए। उनले विद्यालय अन्य अतिरिक्त कार्यक्रम दोउड प्रतियोगितामा जिल्ला , प्रदेश हुँदै केन्द्रीय स्थर सम्म, नृत्य , शर्ट पुट, ज्यवलिङ थ्रो लगायतका खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरेको जानकारी दिएका छन्।  यसैलाई मध्य नजर गर्दै विद्यार्थीहरुलाई हौसला प्रधान गर्दै विद्यार्थीहरुलाई सम्मान गर्दै आएको हो। 

यस विद्यालयमा ८ सय बढी विद्यार्थी अध्यनरत छन्। यस विद्यालयबाट उत्पादित विद्यार्थी विभिन्न क्षेत्रमा जोडिएर व्यवसायीक रुपमा कामहरु पनि गर्दै आएका छन्।


खगेन्द्र कार्की
प्रतिक्रिया