इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीको इटहरी उपमहानगरपालिका वडा नं ८ को एतिहासिक वडा अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य तथा संघीय सांसद माननीय अशोक कुमार चौधरी र केन्द्रीय सदस्य निशा मेहेताको प्रमुख उपस्थितिमा इटहरी–८ स्थित सहिद टोल विकास भवनमा शनिबार सम्पन्न गरेको हो ।
सोही अधिवेशनबाट वडा नं. ८ को सभापतिमा पुनः चित्र बहादुर सिग्देल सर्वसमत चयन भएका छन् । सिग्देल सँगै ११ जनाको समुहले इटहरी ८ को गतिविधि सम्हाल्ने गरी सर्वसम्मत चयन भएका छन् । चयन भएका अन्य सदस्यहरुमा बिमल मैनाली, सविन श्रेष्ठ, प्रज्ञा ओझा, दुर्गा ओझा, पशुपति अधिकारी, माया गुरुङ, युवराज बस्नेत, नगेन्द्र प्रसाद लामिछाने रहेका छन् ।
सविन श्रेष्ठले सञ्चालन गरेको सो अधिवेशनमा सभापतित्व ग्रहण गरेका सिग्देलले आफ्नो अघिल्लो कार्यकाल अवधिमामा करिब ८० बढी सदस्यता बढाएको बताए । उनले विभिन्न अवधिमा वडामा भएका गलत क्रियाकलापमा खबरदारी गर्दै समुनत समाज निर्माणमा भूमिका खेलेको पनि बताएका थिए।
यस्तै उनले पूर्ण सभापतिको भूमिका पाएकोले थप यस्ता गलत तथा खराब नियत गरी समाजमा व्यतिथि हटाउने कार्यमा थप उर्जाशील भई लाग्ने बताएका छन्। उनले इटहरी ८ मा एक घर एक रास्वपाको सङ्कल्प लिएको समेत जानकारी दिएका छन्।
कार्यक्रममा प्रदेशबाट लालविक्रम थापा, कमलबाबु मैनाली, कोषाध्यक्ष चन्द्र राई, विभागीय प्रमुख देवराज अधिकारी, सरिन तामाङ, लोकबहादुर तामाङ, मनु मञ्जिललगायत विभिन्न तह र तप्काका रास्वपाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । घण्टी बजाएर उद्घाटन गरिएको कार्यक्रमको दोस्रो सत्रको भएको निर्वाचनमा मुख्य भूमिका लोकबहादुर तामाङले निभाएका थिए भने कार्यक्रम सञ्चालन महेश थापाले गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो