ठुलै होहल्ला र विरोधका बाबजुद स्थापित मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रेविज विरुद्धको भ्याक्सिन अभाव

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

उर्लाबारी । 

उर्लाबरीस्थित मंगलबारेमा सञ्चालित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रेबिज विरुद्धको भ्यासिन लामो समयदेखि अभाव अmभै पुरा हुन सकेको छैन । केही हप्तादेखि अभाव भएको सो भ्याक्सिन नपाएर भुस्याहा कुकुर तथा बिरालाको आक्रमणमा परेका बिरामीहरु चिन्तामा मात्र परेका छैनन उपचारका लागि धरान, विराटनगर जान बाध्य भएका छन् । 

रेविज भ्याक्सिन महँगो हुने भएकाले निजी अस्पताल जान नसक्नेका आर्थिक पहुँच कम भएकाहरुका लागि भने म्याक्सिन टाउको दुखाई बनेको छ । तर अस्पताल प्रशासन भने भ्याक्सिन सकिएको र सरकारले पठाए पछि सर्वसुलभ बनाइने बताएर पन्छिने गरेको छ । 

सामान्य स्वास्थ्य चौकीलाई ट्रमा सेन्टर हुँदै मदन भण्डारीको नाम जोडिए पनि ठूला ठुला औषधोपचारका लागि पनि धरान, विराटनगर वा बिर्तामोड जानुपर्ने बाध्यता हटेको महसुस सर्वसाधारणले गरेका थिए तर त्यो सबै छलकपट भएको यतिखेर बुझेको बताउँछन् ।     


खगेन्द्र कार्की
प्रतिक्रिया