इटहरी । मानव बेचविखन तथा ओसार पसार विरुद्धको १८ औ राष्ट्रिय दिवसको अवसरमा इटहरी उपमहानगरपालीका अगाडी कोणसभा गरी बस,सिटी सवारी सवार पैदल यात्रीहरुलाई पर्चा वितरण गरी सम्पन्न गरीएको छ ।
सन २००२ मा काठमाण्डौमा सम्पन्न दक्षिण एसीयाली सहयोग संगठन ( सार्क ) को ११ औ शिखर सम्मेलन वाट पारित महिला तथा वालवालिका वेचविखन विरुद्धको सार्क सम्वन्धी २००२ लाई तत्कालीन व्वस्थापीका संसदवाट अनुमोदन गरेको दिन जुन दिनलाई २०६३ भाद्र २० गते थियो र सो दिनको स्मरणमा रहेक वर्ष मानव वेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाउदै आएको माइती नेपाल सुनसरीको प्रमुख सुनिता कार्कीले जानकारी गराईन ।
तीनै तहका सरकारहरुको प्रतिबद्धता सहित मानव अधिकारको रक्षा गरी समाजवाट समेत आवाज उठाउन साथै मानव बेचविखन जस्तो जघन्य अपराधमा संलग्न र संगठित जालोलाई तोड्न यसको विरुद्ध ऐक्यबद्ध भई आवाज बुलन्द गर्न सचेतनाका लागी १८ औ राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस मनाएको महिला सहयोगी समुह इटहरीको कार्यक्रम अधिकृत नविना वानीले जानकारी गराइन ।
स्वासा नेपाल स्वासा स्वाय एसीयाको सहयोग तथा माइती नेपाल सुनसरी र महिला सहयोगी समुह सुनसरीको आयोजनामा भएको कार्यक्रममा आम्दा नेपाल सुनसरीका प्रमुख रोहित उराउ,माइती नेपाल सुनसरीका प्रमुख सुनीता कार्की, प्रयास महिला समुह इटहरीको प्रमुख पृथ्वीमाया लीम्वु,जिल्ला पहिचान संजालकी सीता सेर्पा लगायतको उपस्थीती रहेको थियो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो