आज गरीएको रक्तदान कार्यक्रममा ५७ प्रिन्ट रगत संकलन भएको छ ।

सुप्रिया राई

इटहरी । पतञ्जली  योग पीठ नेपाल इटहरी उपमहानगर समीतीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५७ प्रिन्ट रगत संकलन भएको छ ।

रक्तदान महादान जिवनदान भन्ने स्लोगनलाई चरितार्थ पार्दै अन्तराष्ट्रिय योग दिवस र अन्तराष्ट्रिय रक्तदान दिवसको अवसरमा इटहरी नगरपालीका अगाडी आज गरीएको रक्तदान कार्यक्रममा ५७ प्रिन्ट रगत संकलन भएको  पतञ्जली योग पीठ नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष उर्मीला कटुवालले जानकारी गराएकी छिन् ।

 विराटनगरको विराट,कोशी,नोवेल अस्पतालहरुमा रगतको चरम अभाव भएको खवर आए पछि एक जनाले दिएको रगतले अर्को व्याक्तिको ज्यान वचाउन सकीन्छ भनेर केही दिन अगाडीनै गरीएको रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार कार्यलय विराटनगरलाई उपलव्ध गराउने समेत अध्यक्ष कटुवालले जानकारी गराइन् ।

 आयुवेर्द अस्पताल जिल्ला अस्पताल सुनसरीको प्रमुख कविराज संजीव यादवको प्रमुख आतित्थ्यता तथा नेपाल रेडक्रस उपशाखा इटहरी,नर्थपोइन्ट स्कुल इटहरी,इटहरी लेडिजेसीजको समन्वयमा भएको कार्यक्रममा सुदर्शन सेक्रेटी,ससस्त्र प्रहरीवल लगायत विभीन्न संघ संस्थाको प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया