बाढी, पहिरोबाट सजग रहौं, सचेत बनौं : पूर्वी र मध्य नेपालमा भारी वर्षा हुने पूर्वानुमान, सुरक्षित स्थानमा बस्न आग्रह

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । पूर्वी र मध्य नेपालमा आज पनि भारी वर्षा हुने भएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, इलाम लगायतका जिल्लामा ठूलो पानी पर्नेछ ।

यस्तै बाग्मती प्रदेशका सिन्धुली, नुवाकोट र बाग्मती तथा गण्डकी प्रदेशका लमजुङ्, कास्की र तनहुँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी  र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भू–क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै लामो समयसम्म खडेरी र तातोहावाले जनजीवन प्रभावित भएकव पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ । अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया