इटहरी । आफ्ना लागि याेग समाजका लागि याेग भन्ने धारणाका साथ १० औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीले सप्ताहव्यापी विभीन्न कायर्यक्रमको आयोजना गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत रक्तदान, विभिन्न स्कुल र सीवीरहरुमा वालवालिकाहरुलाई उचित सस्कार दिनको लागी योग ध्यान, प्रभातफेरी इटहरीको राधाकृष्ण मन्दीर देखी इटहरी चोक परीक्रमा गरी ओम शान्तीमा पुगेर शुभकामना आदानप्रदान, माया घर नेपालमा मनोविमर्स,ससस्त्र प्रहरी वल पकलीमा तनाव व्यावस्थापन सम्वन्धी योग गरीएको इटहरी पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष उर्मीला कटुवालले जानकारी दिएकी छिन् ।
सप्तहाव्यापी कार्यक्रम अन्तरगतको महिला सशक्तीकरणका लागी अन्तरकृया कार्यक्रममा पतञ्जली योग समीती नेपाल कोशी प्रदेशका प्रभारी मिस्टर प्रसाद चौधरीले अस्टाङ योग सम्वन्धी ऐन,नियम,आसन,प्राणायम,प्रत्याहार,ध्यान,आरधना र समाधी सम्म पुग्दा सवै यम, नियम आसन,प्राणायाम,प्रत्याहार,धारणा ,धयान,समाधि देखी लिएर सम्पुर्ण चरित्र निमार्ण आफ्नो व्याक्तिगत निमार्ण परीवार प्रति जिम्मेवारी लगायतको विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा ब्रमहा कुमारी राज योग सेवा केन्द्र इटहरीको संयोजक सारदा सिटौला, जिवन विज्ञान प्रतिष्ठान इटहरीका प्रशिक्षक योग माया सुवेदी,ससस्त्र प्रहरी वल पकलीका प्रहरी उपरीक्षक असोक कुमार शाक्य लगायतले योगको विषमा प्रस्ट पारेका थिए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो