इटहरीमा वडा स्तरीय तेक्वान्दो प्रतियोगिता माघ १० गते
इटहरी । बुढिगंगा तेक्वान्दो डोजाङ मार्सलआर्ट डोजाङ इटहरीको आयोजनामा यही माघ १० गते वडा स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
खेलाडीहरूको आन्तरिक क्षमता विकास र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बुढिगंगा तेक्वान्दो डोजाङका अध्यक्ष रमेश खत्रीले इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।
अध्यक्ष खत्रीका अनुसार बुढिगंगा तेक्वान्दो डोजाङले हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडी उत्पादन गर्नुका साथै विभिन्न प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराइसकेको छ।
तेक्वान्दो सुनसरी जिल्ला संघका अध्यक्ष ममता राईको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा खेलाडी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहनेछ भने करिब २५० खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
साथै, प्रथम, दोस्रो र तेस्रो हुने टिमहरूलाई प्रमाणपत्र तथा शिल्ड वितरण गरिने अध्यक्ष खत्रीले जानकारी गराए।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो