पाठकको पुर्पुरो : वि.सं. २०८१ साउन १३ गते (तद्अनुसार सन् २०२४ जुलाई २८ तारीख) आइतबार

फामिने ज्योतिष

मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ तापनि हठ गर्ने प्रवृत्तिले दुःख पाइनेछ । आज जागिरमा पनि सावधान रहनु उचित होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । मित्रजनसँग सन्तुलित व्यवहारको प्रयत्न गर्नुहोला । साँझदेखि उत्साह जागृत हुन सक्छ । रसरागमा आकर्षण रहनेछ ।

वृष – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्ने देखिन्छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउला । भौतिक साधन जुट्नेछन् तर अवसर आए पनि मौकामा लाभ उठाउन विशेष प्रयत्न गर्नुपर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कर्मबल वृद्धि तथा आर्थिक कार्यमा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । स्वास्थ्यको कमजोरीले नियमित कार्यमा केही बाधा पुग्न सक्छ । आश्वासन दिनले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ, सचेत रहनुहोला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ भने सजिलै काम बन्नाले उत्साह जाग्नेछ । जटिल मानिएको काममा पनि सफलता मिल्ने योग भएकोले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । समयलाई पछ्याउने प्रयत्न गर्नुहोला । आज भौतिक साधनले खर्च बढाउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या – दौडधुप बढ्नेछ । आजको दिन परिस्थिति अलिक प्रतिकूल रहन सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, तर सोचेको लाभ नउठ्न सक्छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने देखिन्छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । यात्रागत कार्यमा सफलता होला ।

तुला – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ, यसबाट कुनै हानी हुनेछैन । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर सोखले खर्च बढाउने र लेनदेनको विवादले अप्ठ्यारो पार्नसक्ने योग छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

धनु – अरुको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुन सक्छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । यात्रा सफल रहनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुपर्ने देखिन्छ । मान पुरस्कार प्राप्तिको योग छ ।

मीन – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ, खानपानमा ध्यान दिनु उचित हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ तर पतिपत्नीबीच सल्लाह नमिल्न सक्छ । थोरै लाभले पनि ठूलो आवश्यकता पूरा हुने समय छ ।

फामिने ज्योतिष
प्रतिक्रिया