धरानको निशाने डाँडामा यौनश्रमिकको मानव अधिकारका विषयमा बैठक सम्पन्न

दयाराम कटेल

इटहरी ।  यौन श्रमजीवीहरुको मानव  अधिकार र पैरवी  गर्दै आएको  महिला सहयोगी समूह इटहरीले धरान स्थित निशाने डाँडाको जुलिप होटलमा महिला यौनश्रमिकहरुसँग मानव अधिकारको सवालमा समन्वय बैठक सम्पन्न भएको  छ।

अधिवक्ता मौसमी राइले सहजीकरण गरेकमे सो कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नेत्र काफ्ले र धरान वडा नं. ४ का वडा अध्यक्ष  धन बहादुर राई लगायत एफ.पी.ए.एन, धरान पोजिटिभ ग्रुपका फोकल पर्सन रोमन राईलगायत, महिला एकता समाज , महिला सेवा समाज लगायत का संस्थाहरुको प्रतिनिधिहरुको  सहभागितामा सहभागीता रहेको थियो ।

महिला सहयोगी समुहको कार्यकारी निर्देशक बिमला मल्लको अध्यक्षतामा भएको सो कार्यक्रममा विशेषगरी सुनसरीका केही क्षेत्रहरु यौन व्यवसाय बढ्दै गएकोले यो समस्यालाई व्यवस्थापन गर्नु पर्ने बिषयमा सहभागीहरुले  उठान गरेका थिए ।

हाल कुनै महिला कुनै पनि पुरुष सँग यौन सम्पर्क गरेको खण्डमा महिलाले मात्र विभिन्न किसिमका नकारात्मक टीका टिप्पणीमा पर्ने साथै कानुनी झमेलामा महिला मात्र पर्ने गरेको घटना बारे पनि बहस भएको थियो।

 परिवर्तित समाज सँग सँगै नेपाल सरकारले पनि यौन व्यवसाय प्रति आफ्नै धारणा परिवर्तन गर्दै कानुनी रूपमा यसको समस्या समाधान गर्नु पर्ने उक्त बहसमा सहभागीले आफ्नो धारणा प्रस्तुत गरेका थिए।

दयाराम कटेल
प्रतिक्रिया